तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

मातियर यो नशामाँ

मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी ...!!
नजिक छैनौ त के भो र तिम्रै साथमा झुल्दा पनी !!!

लाग्छ आफै तैरिसके जिन्दगीको सतह माँ  ...!
यो मनलाई थाती राखी तिमी भित्रै घुल्दा पनी !!
 मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!! 

देखनेलाई हारिसके, म आफैमा मरिसके... !
तिमीलाई बिचमा राखी ओरीपरी फुल्दा पनी !!
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!!

बन्द थिए आशा अनी जिन्दगीका ढोकाहरू... !
एउटा आशा आउछौ भनी बन्द ढोका खोल्दा पनी !!
 मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी  !!!

अझै पनी कत्ती कत्ती तिम्रै निम्ति बाच्ने आशा  !
नशा भित्रै हरायर मातियर डुलदा पनी !!

मातियर यो नशा माँ म आफैलाई भुल्दा पनी....... !!!
नजिक छैनौ त के भो र तिम्रै साथमा झुल्दा पनी !!!!

prakash gnawali

No comments:

Post a Comment