तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

मनोरन्जन

तिमिसँग मात्रै गर्छु ।

प्रेमिका : थाहा छ मेरो आमाले पनि तिमिलाई मन पराउनुहुन्छ ।
प्रेमि : तिमि चिन्ता नगर म विहे तिमिसँग मात्रै  गर्छु ।
 

दिपक आफ्नो साथीसँग : हे भगवान यो मोबाईलले त मलाई कँगाल बनाउने भयो ।
साथी : किन र ?
दिपक : बारम्बार देखाउछ बेट्री लो बेट्री लो अहिले सम्म २५ वटा बेट्री फेरी सके ।
शेरको शिकारस्वास्नी : यहाँ किन उभिराखेको ??
लोग्ने : शेरको शिकार गर्न जान लागेको ।
स्वास्नी : अनी जानु नि त किन उभिराखेको त ?
लोग्ने : देखिनौ बाहिर कुकुर बसी राखेको छ ।
फोनमा धमकीएक जना मान्छे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।
मान्छे : सर , मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।
पुलिश : को हो त्यो जसले सधैं धमकी दिई रहन्छ ?
मान्छे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ....
लाज लाज्दैनअनिल आफ्नो घर अगाडिको बाटोमा नाङै डौडी रहेको देखेर सुनिलले भन्यो ।
सुनिल : अनिल किन तिमी नाङै डौडेको ? तिमी लाई लाज लाज्दैन ??
सुनिल : तिमी आज चाडै घर आयौ त्यसैले ....
लामो खुशीयालीस्वास्नी : उ त्यो रक्सी खाइरहेको मान्छे सँग मैले दश बर्ष अगाडि बिहे क्यन्सिल गरेको थिए ।
लोग्ने : ओहो यती लामो खुशीयाली ??
मोबाईलले कँगाल

उस्तै इच्छा

राजु : तपाँई किन निराश हुनुहुन्छ ?
मुन्द्रे : मेरि श्रीमति ६ ओटा बच्चा चाहन्छे र म पनि ६ ओटै बच्चा चाहन्छु ।
राजु : अनि यसमा के समस्या भयो त आखिर दुवैजनाको उस्तै  इच्छा रहेछ ?
मुन्द्रे : जुन घरमा १२ जना बच्चा बस्न सकुन तेत्रो घर किन्ने पैसा मसँग छैन ।
 
 

तिम्रो श्रीमतिलाई

राजु : तिम्रो श्रीमतिलाई जब रिस उठ्यो तब तिमिलाई टोक्थि, अहिले टोक्छे कि टोक्दिन ?
शिव : टोक्दिन ।
राजु : किन उसलाई आजकाल रिस उठ्दैन ?
शिव : तेसो होईन ! रिस त उठ्छ तर दाँत चै छैन ।
 

छोडपत्र

महिला : वकिल साव म मेरो श्रीमानसँग छोडपत्र लिन चाहन्छु उसले मलाई धोका दियो ।
वकिल : तपाईलाइ कसरि थाहा भयो ?
महिला : मलाई लाग्छ मेरो हुने वाला बच्चाको बाबु उ होईन ।
 

S. L. C. परिक्षा

बाबु : परिक्ष कस्तो भयो त छोरा ?
छोरा : एउटा प्रस्नको उत्तर लेख्नै पाईन ।
बाबु : खनि अरु प्रस्नको उत्तर ?
छोरा : हरु प्रस्नको उत्तर त मलाई थाहै थिएन ।

कान्तिपुर टेलिभिहन

मुन्द्रे T. V हेरिरेहेको थियो।
केहि समय पछि को�� ामा केहि खोज्न थाल्यो । यो देखेर उस्कि श्रीमतीले सोधि के खोजेको
मुन्द्रे : लुकाएर राखेको क्यामेरा ।
श्रीमती : कस्तो क्यामेरा के कोरा गरेको ।
मुन्द्रे : यो कार्यक्रम चलाउनेले सबै देखि रहेको छ। बेलाबेलामा ��­न्छकि तपाई अहिले कान्तिपुर टेलि��­िहन हेरिरहनु ��­एको छ । ........ तेसलाई कसरि थाहा भयो ?

अँध्यारोमा डर लाग्छ

प्रेमिका : मलाई अँध्यारोमा डर लाग्छ ।
प्रेमि : किन म छु नि त तिम्रो साथमा ।
प्रेमिका : त्यसैले त डर लागेको नि ।

विवाह सम्बन्धि के चाहियो

एउटान ठुलो पसलको बोडमा लेखिएको थियो।
यहाँ विवाह सम्बन्धि सबै थोक पाईन्छ ।
एकजना ग्राहक पसलमा छिरेपछि।
पसले : हजुरलाई विवाह सम्बन्धि के चाहियो होला ?
ग्राहक : मलाई सबैँनदा पहिले त केटि चाहिएको हो।
 

उहाँ घरमै हुनुहुन्छ ।

मुन्द्रेको घरमा फोन आयो
मुन्द्रे फोन मेरो रहेछ बने म घरमा छैन भनिदिनु ।
पत्नि : उहाँ घरमै हुनुहुन्छ ।
मुन्द्रे : झन मैले घरमा छैन भन भनेको होईन ?
पत्नि : फोन मेरो  थियो त्यसैले ।

भन्नुस न कुनै उपाय छ की ?

एक व्यक्ति साधुको नजिक गएर भनेछ बाबा जि मेरि श्रीमतिले मलाई
धेरै दुख दिन्छे । भन्नुस न कुनै उपाय छ की ?
बाबा रिसले चुर हूँदै अरे मसँग उपाय भए म किन साधु भएर बस्थेँ ?

बालक के चाहियो ?

एकचोटि भक्तले शिवजिको  धेरै  तपस्या गरेपछि शिवजि प्रकट भएर भने माग बालक के चाहियो ?
भक्त : भक्तले भन्यो मलाई एउटा गितार दिनुस
शिवजिले भने : अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ
भक्त : मलाई गितार नै चाहियो
शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ

प्रिन्टर र ग्राहक

म हर्कन्‍टाईल कम्प्यूटर पार्टसको लागि दुई वर्षको लागी काम गरिरहेको छु । एक दिनको कुरा हो, एउटा ग्राहकले फोन गरेर उसले यहाँबाट किनेर लगेको प्रिन्टरबाट सबै रङ्ग प्रिन्ट भएको तर पहेलो रङ्ग चाहिँ प्रिन्ट गर्न नसकेको बतायो ।�मैले र्सवप्रथम उसलाई प्रिन्टर कार्टिज परिवर्तन गर्न लगाए पनि प्रिन्टरको डाईभर रिइन्स्टल गर्न लगाएता पनि उसको प्रिन्टरले काम गरेन । अन्तमा केही नलागेपछि उसलाई उसको प्रिन्टर हाम्रो अफिसमा ल्याउनलाई भने, त्यसपछि उसले भन्यो -�के म एक पल्ट पहेलो पेपर बाहेक अरु रङ्गको पेपरमा प्रिन्ट गरी हेरुँ कि क्या हो ?
**

शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?राम : ३ प्रकारको सरशिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ तराम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
**

शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।दुई जना पागल कुरा गर्दै थिएपहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?एउटा केटीले आफ्नो दिदी सँग सोधेछनबहिनी : दिदी यो दुल्हा भनेको के हो ?दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
**

प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
**

माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।
**

शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
**

भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
**

स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?लोग्ने : शार्जहा जतीस्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।
**

"रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो "जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक क्याक्टसले ....
***

बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...
**

एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...
**

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो रपहिलो : दाई तपाईं किन रुनु भएको ?दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............
**

३ जना गफाडीबच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?
राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।

एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन "

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !

प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?
प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिन
सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?
गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...

स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"
लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"
स्वास्नी : "कस्तो भ्रम??"
लोग्ने : "म निदाएको थिए भनेर!!"

बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’
‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।
मुटुको राजिनामा

एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परिक्ष्यण गरेछ र नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिनु आटेको छ ।

बर्षाको कारण
एउटा विद्यार्थी परिक्ष्या दिई रहेको थियो । अन्तिम प्रश्न थियो " क्रिकेट खेलको comment निबन्धको रुपमा लेख । विद्यार्थी लाई के लेखु के लेखु भएछ र अन्तिममा उसले एस्तो लेखेछ । " बर्षाको कारण आजको क्रिकेट म्याच स्थगित भयो "


जनसंख्या बृदि
सरले बच्चाहरुलाई जनसंख्या बृदि बारे पढाउदै थियो । बच्चाअहरुले बुझुन भनेर सरले उदाहरण दिदै पढाउदै थियो । एउटा प्रसङमा सरले यस्तो भनेछ , जनसंख्या बृदिको दर कत्तिको बढीरहेछ त्यसको लागि यो सम्झ कि जब तिमीहरुले एक चोटि सास लिन्छौ नि त्यती बेला सम्ममा चिनमा ३ जना बच्चा जन्मी सकेको हुन्छ । त्यतिकैमा एउटा बच्चा बेन्चमा उठेछ र लामो लामो सास तान्न थालेछ । यो देखेर सरले अचम्म मानेर सोधेछ यो के गरेको तिमीले ? बच्चाले भनेछ सर म चिनमा बच्चा जन्माउदै छु क्या ...