तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

तपाईको साहित्य सहयात्रा.........


 


स्वदेशमै बसेर धन, कमाउनुको मज्जा बेग्लै-2
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

 
(आफ्नै स्वार्थ सिद्ध पार्न,)2 देशलाई खाल्टो  खंन्दै छन रे !!!
भन्छन अझै  संबिधानको खाकाहरु  बन्दै छन रे !!

सर्बहरा जनताको, नेतागिरी गर्नेहरु !!
जनताको टाउको काटी, लिलामको मोल भन्दै छन रे !!!
भन्छन अझै  संबिधानको खाकाहरु बन्दै छन रे !!!!

आशा अनी जनताका आंशुलाई थाती राखी !!
आफ्नै मुहार सिगार्नलाई,  फेरी मन्त्री बन्दै छन रे !!!
भन्छन अझै  संबिधानको खाकाहरु बन्दै छन रे !!!!

मूल्य बृद्धिले ढाड सेकी पशिनालाई पेल्दै कतै !!
तलब भत्ता आउने दिनलाई, औठा भांची गन्दै छन रे !!!
भन्छन अझै संबिधानको खाकाहरु बन्दै छन रे !!!!

आफ्नै स्वार्थ सिद्ध पार्न, देशलाई खाल्टो  खंन्दै छन रे !!!
भन्छन अझै  संबिधानको, खाकाहरु  बन्दै छन रे !!!!

आखिर नेपाली जनताले श्राप पायकै हुन...यति सुन्दर देशमा यसरी आफै भीत्र समेत बिचलित भयको अनुभूति हुन लागेको छ ...आफुलाई नेता ठान्ने  यी देशद्रोही हरुको यही पाराले एउटा स्वतन्त्र देशभक्त नेपालीलाई संबृद्ध राष्ट्रको कल्पनासम्म गर्न पनि दोधारे बनाईदियको  छ.....!!!

 

मेरा केही रचनात्मक शब्दमाँ मायाको परिभाषा :-

 
कसै संग ननिहुरिने मान्छे पनी मर्छ अरे !!
ढुंगा जस्तै मनको मान्छे भुमरिमा पर्छ अरे !!!
 
जिन्दगीका यात्राहरू तय गर्छु भन्दै जादा !!
एक्लै बाचछू  भन्ने पनी अर्कै मनमा सर्छ अरे !!!
 
जून तारालाई आकाशमा हेर्दै मन्द छर्नेहरू !!
त्यै तारालाई भुइमा झार्छु भन्ने बाचा गर्छ अरे !!!
 
जिन्दगिलाई छोट्याउदै लान्छु भन्नेहरुको नि !!
हरेक बर्ष हरेक मौषम एकैछिनमा टर्छ अरे !!!
 
भाग्य रेखा आफै कोर्छु भन्नेहरू पनी यहाँ !!
अन्तिम घडी बिदाईका हात हल्लाउनै पर्छ अरे !!!
 
उसकैनिम्ति जिन्दगीमा मौलायका आशाहरु !!
बिदाई का हात संगै टूक्रियर झर्छ अरे !!!
 
आखिर यो माया अभिश्राप हो की बरदान ??????होला कसैको लागी यो बरदान ....
तर यो कसैका लागी भने ठुलो अभिश्राप नै हो ...नत जिउदो लास भई जिउनु नत मर्नु को बिकल्प नै..!!!  
 
प्रकाश ज्ञवाली..( प्रयाश )
 
तिम्रै लागी साँचीयका, खुसि
 
तिम्रै लागी साँचीयका, खुसि दिन पाईन मैले !! 
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!
 
आफै भीत्र समेटेर राखें तिमीलाई गल्ति गरेँ !! 
आशा बांडन  झुटा कसम तिम्रा लागी खाईन मैले !!! 
 
यतार्थमै थिएँ म, अझै पनी अँगाल्ने छू !!
झुटा प्रितले भरियका गीतहरु गाईन मैले !!!
 
रंगमंचको नाटक जस्तै, क्षणभरको खुसी लीन !!
हारें बरु आफैसंग, तिम्रो आँगन धाईन मैले !!!
 
इच्छा हरु धेरै थिए, अपुरा नै रहे सानु !!
बिबशताले, चुहिने घरको छानो पनी छाईन मैले !!!
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!
 
तिम्रै लागी साँचीयका, खुसि दिन पाईन मैले !! 
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!
 
prakash gnawali
south korea

मातियर यो नशामाँ म
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी ...!!
नजिक छैनौ त के भो र तिम्रै साथमा झुल्दा पनी !!!


लाग्छ आफै तैरिसके जिन्दगीको सतह माँ  ...!
यो मनलाई थाती राखी तिमी भित्रै घुल्दा पनी !!
 मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!! 


देखनेलाई हारिसके, म आफैमा मरिसके... !
तिमीलाई बिचमा राखी ओरीपरी फुल्दा पनी !!
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!!


बन्द थिए आशा अनी जिन्दगीका ढोकाहरू... !
एउटा आशा आउछौ भनी बन्द ढोका खोल्दा पनी !!
 मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी  !!!


अझै पनी कत्ती कत्ती तिम्रै निम्ति बाच्ने आशा  !
नशा भित्रै हरायर मातियर डुलदा पनी !!


मातियर यो नशा माँ म आफैलाई भुल्दा पनी....... !!!
नजिक छैनौ त के भो र तिम्रै साथमा झुल्दा पनी !!!!

prakash gnawali
स्वदेशमै बसेर धन, कमाउनुको मज्जा बेग्लै-2
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

जिन्दगीको यात्राभरि, प्रियसीको साथै बसी-2
उनकै हातमा आफ्नो कमाई, थमाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

पराईको बगैचामा, माली बन्यो केइ न केई -२
आफ्नै घारमा महै मह, जमाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

अरुलाई पानी मागी, प्यास मेटाइरहनु भन्दा-2
आँगनीको छेउमा ईनार, बनाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

हिमचुलीको पानी पिई, मकै भटमास चापाउँदै-२
चन्द्र सुर्य अङ्कित झन्डा,समाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

दिपेन्द्र भट्टराई

खाएका ति कसमहरु 

खाएका ति कसमहरु तोड्दै  छौ रे तिमी
अर्कैसग मन मुटु  जोड्दै  छौ रे तिमी !


दुई मन दुई मुटु एकै भयो भन्थ्यौ  आफै
मुटु चुँडाइ त्यो मन अन्तै जोड्दै  छौ रे तिमी !


सगै गर्दै  कठिन  यात्रा जिबनका ति मोडहरुमा
दोबाटोमा एक्लै मलाई छोड्दै छौ रे तिमी !

जिन्दगीको बगैचामा फुलाएका ति फूललाई भाँची
पराइको दिलको  बारी गोड्दै छौ रे तिमी !


स्वार्थले उब्जाएको अबिश्वासको जालमा परी
विश्वाशको घर हाम्रो फोड्दै रे तिमी !!!


मेरो नेपाल, तिमी बिना म शुन्य भएछु

कोलहलको चिच्याहट भित्र उकुस-मुकुस मनका भावनाहरू लिएर्
खुल्ला आकाशमा टोलाई रहेका आँखालाई पल्ट्ने बाजी खेलाउंदा
अनि…
मानिसको हुलभित्र पसेर आफैलाई हराउन खोज्दा
मलाई एक्लोपनको महशुस हुन थालेछ
अतितको यादमा डुबुल्की मार्दा झट्ट सम्झेछु
मेरो नेपाल तिमी बिना म शुन्य भएछु
मलाई तिम्रो छहराको आवाजले बोलाउने गर्थ्यो
खोलाको कल्कलाईले हसाउने गर्थ्यो
तर, आज…
मेरो नेपाल तिमी टाढा हुनाले

छहरा र खोलाको आवाज सुन्ने कानले
मोटर र जहाजका कानै फुटाउने आवाजहरु
र, सल्लाघारीको सुसाइको बदलामा
रेडियो र टिभीका तरंगहरु सुन्नु परेको छ
त्यसैले होला,
यिनै पटयार लाग्दा तरंगहरुले गर्दा
मेरा कान फाट्न लागी सके
अब त मलाई, किन हो कुन्नि डर लाग्न थालेको छ
मेरो नेपाल, तिम्रो सुन्दर पाखा र पखेरीको स्पर्श नपाएर
आज म एकान्त ठाउमा पनि आफुलाई हराएको पाउँछु
मानिसको हूलमा मानिसलाई नै देख्न छाडेको छु
साँच्चै, मेरो नेपाल तिमी बिना म शुन्य भएछु l
तिमी मलाई माया गर्थेउ, प्यासमा पानी दिन्थौ,
भोकमा खाना खुवाउथ्यौ
तिमीलाई आफ्नै आमा सम्झी म पनि
तिम्रै छातीमा लडिबुडी खेल्ने गर्थे
तर, आज म तिमीबाट टाढा हुँदा
प्यास र भोकमा तिमीलाई नै सम्झन पुग्दछु
मेरो नेपाल तिमी बिना म शुन्य भएछु
मलाई बिश्वास गर,
म जति टाढा भए पनि तिम्रै कोखको सन्तान हुँ
एक मुट्ठी रगत रहुन्जेलसम्म तिम्रै लागि लड्ने छु
विश्वमा तिमीलाई चिनाई छाड्ने प्रण पनि गरेको छु !!

प्रकाश ज्ञवाली

तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला
तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला !
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला !!

हारे मैले जिन्दगिमा बाच्नु कुनै अर्थ छैन,
आर्यघाटको समिप्यमा छिट्टै बसाइ सर्छु होला

जादैछु म धेरै टाढा आउछु आउन्न थाहा छैन,
गन्तब्यमा पुगे भने पक्कै खबर गर्छु होला

मरे भने तिम्रो पनि मनले शान्ति पाउछ होला सानु,
केहीपलमै मर्त्यलोकको रिक्तस्थान भर्छु होला


तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला

बाचेर पो के गर्नु र !

जिउने आसा टुक्रिए'सी, बाचेर पो के गर्नु र !
सादा जीवन यस्तै र'छ, रङ्ग अब के भर्नु र !!
जहाँ जान्थे कल्पना त, उ बिनको थिएन एक
भाग्य मेरो यस्तै र'छ,पछुताएर के गर्नु र !!
साझ बिहान पधेरिमा, मिठा बात गर्दै जन्थ्यौ ।
उ बिनाको पधेरिमा, पानी एक्लै के भर्नु र
सुन्य सुन्य लाग्छ मलाई, रित्तो घैटो सारी आज
देखी देखी साउने भेल, तर्ने आट के गर्नु र !!
जिउदो लास बनी जिउने, प्रकृतिको रितले
आत्मा भित्रको चोट खपी, बाचेर पो के गर्नु र !!


बगे कति मेरा आँसु तिम्रो साथ छुटे पछि



बगे कति मेरा आँसु तिम्रो साथ छुटे पछि
किन आयौ यति खेरा मुटु फेरि फुटे पछि
चर्की चर्की दुख्छ छाती हर दिन हर राती
यस्तै हुदो रैछ क्यारे मनको नाता टुटे पछि
दिन पनि रात भयो अंधेरोको राज भयो
तिम्रो लागि साँच्या माया अरुले नै लुटे पछि
संग संगै खोप्या चिनो झिनो भयो जस्तो लाग्छ
जथाभाबी दिललाई आर्का मन्ले खुटे पछि
बन्द खाम बन्दै होस् बेर्थ हुन्छ अर्थ अब
आँट कहाँ खोल्न शब्द शब्दले चुटे पछि

एकान्तमा एक्लै

एकान्तमा एक्लै म बिरानो देशमा अतित सोच्दै बसिरहेछु,
सम्झना उही बिगतको,स्कुल कलेजको,त्यस बेला पनि म भोको थिएन,
म नाङ्गो थिइन, म अनपढ थिइन र अहिले पनि छैन,
तर के गर्ने; देशको भयाबह स्थितिले, भाइ भाइ को मारा मारले
मलाई विदेश हिड्न बाध्य बनायो नेताको नेतागिरिले बिग्रिएको देश
आज झन दुर्गति तिर फस्ता, देसको मायाले विदेशमै भए...
पनि,छाती चर्कीरहेछ, जुन देशमा बसे पनि मातृभूमिको याद नै आइरहदो रहेछ .................................

No comments:

Post a Comment