तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा !!!

खोला वारी म रहेर ,तिमीलाई  पारी तार्छू भन्दा 
दुख  सबै आफै लीई तिमीलाई सुखी पार्छू भन्दा

स्वार्थी संसार को चाहन्छ ? आफैलाई तल पार्न 
तिमीलाई सधै जितायर ,म आफैमा हार्छू भन्दा
 खोला वारी म रहेर ,तिमीलाई  पारी तार्छू भन्दा 

मेरा पनी इछ्या हुन्छन् ,यो समयको प्रबिर्ति हो  
तिम्रै इछ्या पूरा ग़री ,मेरा इछ्या मार्छू  भन्दा
खोला वारी म रहेर ,तिमीलाई  पारी तार्छू भन्दा 

तिम्रो इछ्या तिम्रै खुसी , मेरा पनी तिमीलाई नै
आफै भीत्र डढीयर , आफ्नै मनलाई मार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई  पारी तार्छू भन्दा 
लतत्यारै गयौ आज , एकादेश को कहानी भो
तिम्रो मनको ढुकढुकीमा , मेरो बशाई सार्छू भन्दा

खोला वारी म रहेर ,तिमीलाई  पारी तार्छू भन्दा 
खोला वारी म रहेर ,तिमीलाई  पारी तार्छू भन्दा 
दुख  सबै आफै लीई तिमीलाई सुखी पार्छू भन्दा

प्रकाश ज्ञवाली
दक्षिण कोरिया

No comments:

Post a Comment