
इराकमा मार्च ७ मा भएको चुनावमा आवश्यक १ सय ६३ सिटको बहुमत कसैले पुर्याउन सकेन । धाँधलीको उजुरी परेपछि अनिर्णयात्मक चुनाव अनुमोदनका लागि मात्र तीन महिना लाग्यो । त्यसैबेलादेखि सत्ता 'बार्गेनिङ' भइरहेको छ ।
त्यहाँको राजनीतिक अवस्था विश्लेषण गर्दै बीबीसीले दलहरूबीच सहमति हुन अझै निकै समय लाग्ने जनाएको छ । मुख्य सिया गठबन्धनले शुक्रबार वर्तमान कामचलाउ प्रधानमन्त्री नुरी मलिकीलाई फेरि मनोनयन गर्ने घोषणा गरेको छ । मलिकीको ८९ सिट ल्याएको स्टेट अफ ल (एसओएल) र सिया धर्मगुरु मोक्तदा सदर नेतृत्वको इराकी नेसनल एलाइन्स -आईएनए) मिलेर नयाँ गठबन्धन बनेको छ । यसलाई बहुमत पुर्याउन अझै ४ सिट नपुग छ । उ
ता सबैभन्दा ठूलो ९१ सिटको दल पूर्वप्रधानमन्त्री इयाद अल्लावी नेतृत्वको अल इराकियाले त्यो गठबन्धनलाई साथ दिन मानेको छैन । इरान मैत्री इराकी नेसनल एलाइन्स (आईएनए) को ७०, कुर्दिस गठबन्धनको ४३ तथा स्वतन्त्र र अन्य दलको ३२ सिट छ । ती कोही पनि सरकारको नेतृत्व अरूलाई सुम्पन तयार नभएपछि सरकार निर्माण आलटाल भइरहेको छ । मार्चको चुनावले दशकौंको तानाशाही शासन, आर्थिक नाकाबन्दी र युद्धपछि स्थिर सरकार पाउने अपेक्षा इराकीले गरेका थिए । अमेरिकी सेनाले सन् २०११ को अन्तिमतिर इराक छाड्ने योजना बनाएको छ । तर राजनीतिक अस्थिरताले देश अन्योलमा परेको छ ।
wow ...1 tira bata name rakhane ho k garne ramro ma name rakhna nasake pani naramro ma rakhdai 6 nepal le name
ReplyDelete