तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

सरकारविहीनतामा विश्व कीर्तिमान

काठमाडौं (एजेन्सी), आश्विन १७ - कामचलाउ सरकारले हाम्रो देश चलाएको ठ्याक्कै ९६ दिन भयो । यही लठिभद्र पारामा विश्व रेकर्ड कायम गर्ने हो भने नेपालले यसरी नै १ सय १३ दिन चल्नुपर्ने हुन्छ । राजनीतिक अवस्था हेर्दा त्यो दिन त्यति टाढा छैन पनि । प्रसंग हो, सरकारविहीनतामा विश्व कीर्तिमानको । यसअघि सन् १९७७ मा २ सय ८ दिन तदर्थमा देश चलाएर नेदरल्यान्डस्ले बनाएको यस्तो कीर्तिमान शनिबार इराकले तोडेको छ । युद्धले जर्जर भएको उक्त राष्ट्रमा मार्च ७ मा संसदीय चुनाव भएयता सरकार बन्न सकेको छैन । त्यही अवस्थाले २ सय ९ दिन टेकेकाले यो विश्वमै 'एक नम्बर' हुन पुगेको हो ।
  इराकमा मार्च ७ मा भएको चुनावमा आवश्यक १ सय ६३ सिटको बहुमत कसैले पुर्‍याउन सकेन । धाँधलीको उजुरी परेपछि अनिर्णयात्मक चुनाव अनुमोदनका लागि मात्र तीन महिना लाग्यो । त्यसैबेलादेखि सत्ता 'बार्गेनिङ' भइरहेको छ ।
 त्यहाँको राजनीतिक अवस्था विश्लेषण गर्दै बीबीसीले दलहरूबीच सहमति हुन अझै निकै समय लाग्ने जनाएको छ । मुख्य सिया गठबन्धनले शुक्रबार वर्तमान कामचलाउ प्रधानमन्त्री नुरी मलिकीलाई फेरि मनोनयन गर्ने घोषणा गरेको छ । मलिकीको ८९ सिट ल्याएको स्टेट अफ ल (एसओएल) र सिया धर्मगुरु मोक्तदा सदर नेतृत्वको इराकी नेसनल एलाइन्स -आईएनए) मिलेर नयाँ गठबन्धन बनेको छ । यसलाई बहुमत पुर्‍याउन अझै ४ सिट नपुग छ । उ
 ता सबैभन्दा ठूलो ९१ सिटको दल पूर्वप्रधानमन्त्री इयाद अल्लावी नेतृत्वको अल इराकियाले त्यो गठबन्धनलाई साथ दिन मानेको छैन । इरान मैत्री इराकी नेसनल एलाइन्स (आईएनए) को ७०, कुर्दिस गठबन्धनको ४३ तथा स्वतन्त्र र अन्य दलको ३२ सिट छ । ती कोही पनि सरकारको नेतृत्व अरूलाई सुम्पन तयार नभएपछि सरकार निर्माण आलटाल भइरहेको छ । मार्चको चुनावले दशकौंको तानाशाही शासन, आर्थिक नाकाबन्दी र युद्धपछि स्थिर सरकार पाउने अपेक्षा इराकीले गरेका थिए । अमेरिकी सेनाले सन् २०११ को अन्तिमतिर इराक छाड्ने योजना बनाएको छ । तर राजनीतिक अस्थिरताले देश अन्योलमा परेको छ ।

1 comment:

  1. wow ...1 tira bata name rakhane ho k garne ramro ma name rakhna nasake pani naramro ma rakhdai 6 nepal le name

    ReplyDelete