तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

गजल

माया गर्नु पर्छ तिमी मत भन्दिन
संगै मर्नु पर्छ तिमी मत भन्दिन !
बगैचाकी फुलहौकी गगनका तारा
भुइमा झर्नु पर्छ तिमी मत भन्दिन !
उदेस्य नै के लिनु उडी छुनु चन्द्र
पछी पर्नु पर्छ तिमी मत भन्दिन !
अप्सरानै भए केभो रुपराम्रो हुदा
मन हर्नु पर्छ तिमी मत भन्दिन !
सुक्यो मेरो जिन्दगानी हेर तिमीले
मूल भर्नु पर्छ तिमी मत भन्दिन !

1 comment: