तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

पैसा तँ धन्य छस्..........!!!

सभ्य नरनारीको स्वच्छ भावनाहरु
तेरो अगाडि घुँडा टेकिसकेका छन् !
समाज सुधारक राष्ट्र चिन्तकहरु
तेरो पछाडि किंकर्तव्यविमूढ बनेका छन् !!
त्यसैले पैसा तँ धन्य छस् धन्य !!!

तँलाई पाउनेहरु यहॉँ,
स्वर्गको आनन्द लिएका छन्  !
अनि नपाउने चाहिं
भोक भोकै मरेका छन्
न तँलाई खान हुन्छ,
न लगाउन नै,
तैपनि मृगा तृष्णामा मानव
काकाकुल वनेर भौंतारिदैछ

अनि,
जीवनभरी नै पैसा ! पैसा ! पैसा ! भन्छ ।
असी बर्षे वुढोसँग १५ बर्षे ठिटीको
अमिल्दो जोडी मिलाउने ।
होटल र रेष्टुरेण्टहरुमा नव किन्नरीहरुको
मूल्य निर्धारण गर्ने ।
जीवनमा जवानी थप्ने ।
तेरो नाम संसारले जप्ने साँच्चि नै
पैसा तँ धन्य छस् धन्य !!!!

No comments:

Post a Comment