तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

आज पनि बाचा तोड्यौ

आज पनि बाचा तोड्यौ, भोलिको भर परुं कति,
छेउमा आयो रिसाउंछ्यौ, पर-पर सरौं  कति !

ओइली झर्ने फुल जस्तै , ढल्कि जाने बैंस पनि,
बुझेर नि बुझ पचायौ, प्रतिक्षा अझै गरौं  कति !

डांडा माथि चौतारीमा, आऊ है भेट्न कहिले काहिं,
एकोहोरो मैले मात्र, गाउँ बेसी झरौं  कति !

हिउंद-बर्षा भन्या छैन, अझै कुरा बुझ्या हैन,
तिम्रो निम्ति उर्लिएको, खहरे भेल तरौं  कति !

दुनियाँले के नै भन्छ, दुई आत्मा मिले पछि,
जे-जे पर्ला देखा जाला, सधैं भरि डराउं कति !

No comments:

Post a Comment