तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

मेरो भाषामा:----बर्तमान अनी बिद्धमान नेपाल

(आफ्नै स्वार्थ सिद्ध पार्न,)2 देशलाई खाल्टो  खंन्दै छन रे !!!
भन्छन अझै  संबिधानको खाकाहरु  बन्दै छन रे !!

सर्बहरा जनताको, नेतागिरी गर्नेहरु !!
जनताको टाउको काटी, लिलामको मोल भन्दै छन रे !!!
भन्छन अझै  संबिधानको खाकाहरु बन्दै छन रे !!!!

आशा अनी जनताका आंशुलाई थाती राखी !!
आफ्नै मुहार सिगार्नलाई,  फेरी मन्त्री बन्दै छन रे !!!
भन्छन अझै  संबिधानको खाकाहरु बन्दै छन रे !!!!

मूल्य बृद्धिले ढाड सेकी पशिनालाई पेल्दै कतै !!
तलब भत्ता आउने दिनलाई, औठा भांची गन्दै छन रे !!!
भन्छन अझै संबिधानको खाकाहरु बन्दै छन रे !!!!

आफ्नै स्वार्थ सिद्ध पार्न, देशलाई खाल्टो  खंन्दै छन रे !!!
भन्छन अझै  संबिधानको, खाकाहरु  बन्दै छन रे !!!!

आखिर नेपाली जनताले श्राप पायकै हुन...यति सुन्दर देशमा यसरी आफै भीत्र समेत बिचलित भयको अनुभूति हुन लागेको छ ...आफुलाई नेता ठान्ने  यी देशद्रोही हरुको यही पाराले एउटा स्वतन्त्र देशभक्त नेपालीलाई संबृद्ध राष्ट्रको कल्पनासम्म गर्न पनि दोधारे बनाईदियको  छ.....!!!

prakash gnawali ( south korea )

No comments:

Post a Comment