तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

मेरा केही रचनात्मक शब्दमाँ मायाको परिभाषा :-

कसै संग ननिहुरिने मान्छे पनी मर्छ अरे !!
ढुंगा जस्तै मनको मान्छे भुमरिमा पर्छ अरे !!!
 
जिन्दगीका यात्राहरू तय गर्छु भन्दै जादा !!
एक्लै बाचछू  भन्ने पनी अर्कै मनमा सर्छ अरे !!!
 
जून तारालाई आकाशमा हेर्दै मन्द छर्नेहरू !!
त्यै तारालाई भुइमा झार्छु भन्ने बाचा गर्छ अरे !!!
 
जिन्दगिलाई छोट्याउदै लान्छु भन्नेहरुको नि !!
हरेक बर्ष हरेक मौषम एकैछिनमा टर्छ अरे !!!
 
भाग्य रेखा आफै कोर्छु भन्नेहरू पनी यहाँ !!
अन्तिम घडी बिदाईका हात हल्लाउनै पर्छ अरे !!!
 
उसकैनिम्ति जिन्दगीमा मौलायका आशाहरु !!
बिदाई का हात संगै टूक्रियर झर्छ अरे !!!
 
आखिर यो माया अभिश्राप हो की बरदान ??????होला कसैको लागी यो बरदान ....
तर यो कसैका लागी भने ठुलो अभिश्राप नै हो ...नत जिउदो लास भई जिउनु नत मर्नु को बिकल्प नै..!!!  
 
प्रकाश ज्ञवाली..( प्रयाश )

No comments:

Post a Comment