तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

तिम्रो साथ पाइन सानु

तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला म 
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला म

हारे मैले जिन्दगिमा बाच्नु कुनै अर्थ छैन,
आर्यघाटको समिप्यमा छिट्टै बसाइ सर्छु होला

जादैछु म धेरै टाढा आउछु आउन्न  थाहा छैन,
गन्तब्यमा पुगे भने पक्कै खबर गर्छु होला

मरे भने तिम्रो  मनले शान्ति पाउछ होला  सानु,
केहीपलमै मर्त्यलोकको रिक्तस्थान भर्छु होला
तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला 
तिम्रो जीवन खुशी रहोस् अबओझेल पर्छु होला

No comments:

Post a Comment