तिमी विना बाँच्नु कुनै सार छैन जीन्दगीको
तिमी पराइ भए मेरो आधार छैन जिन्दगीको
गरे कोसिस तिमी विना बाँच्छु एक्लै भनेर नि
छाडी तिम्लाई अब कुनै पार छैन जीन्दगीको
तिमी बाटै सुरु भए तिमी सँगै अन्त्य हुन्छु
यो संसारमा मेरो कुनै आकार छैन जीन्दगीको
बाँच्ने त के एकपल पनि सोच्न सक्दिन म
लक्ष्य मेरा कुनैपनि साकार छैन जीन्दगीको
गल्ती गरेँ माफी माग्दै तिम्रै शरण परेको छु
तिमी बाहेक अर्को कुनै प्रकार छैन जीन्दगीको
No comments:
Post a Comment