तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

तपाईको साहित्य सहयात्रा.........

गजल -"सपनीमा देखेँ तिमीलाई"


आज राति सपनी मा देखेँ तिमीलाई

आधि रात ब्युँझी पत्र लेखेँ तिमीलाई

कसम थियो संगै बस्ने छुट्नु परेछ

छोडी जान खोज्दै थियौ छेकेँ तिमीलाई

बिपनी मा भेट हुन्न सपनी मा हुन्छ

सपनी मै पिडा सबै पोखेँ तिमीलाई

बिछोड ले यो मन सधैं पोली रहेछ

एकै छिन भए पनि बोकेँ तिमीलाई

सुख दु:ख कुरा गर्दै रिसायौ तिमी त

म त जान्छु भन्दै हिड्यौ रोकेँ तिमीलाई

प्रकाश ज्ञवाली

2 comments:

  1. wa wa wa tyo pardesh ko thau ma gajal kati fureko ho pheri gauko mayalule padhera sucide garlin ho ...............

    ReplyDelete