तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

खाएका ति कसमहरु

खाएका ति कसमहरु तोड्दै  छौ रे तिमी
अर्कैसग मन मुटु  जोड्दै  छौ रे तिमी !

दुई मन दुई मुटु एकै भयो भन्थ्यौ  आफै
मुटु चुँडाइ त्यो मन अन्तै जोड्दै  छौ रे तिमी !
सगै गर्दै  कठिन  यात्रा जिबनका ति मोडहरुमा
दोबाटोमा एक्लै मलाई छोड्दै छौ रे तिमी !
 
जिन्दगीको बगैचामा फुलाएका ति फूललाई भाँची
पराइको दिलको  बारी गोड्दै छौ रे तिमी !

स्वार्थले उब्जाएको अबिश्वासको जालमा परी
विश्वाशको घर हाम्रो फोड्दै रे तिमी !!!

No comments:

Post a Comment