तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!
मेरो नेपाल, तिमी बिना म शुन्य भएछु


कोलहलको चिच्याहट भित्र उकुस-मुकुस मनका भावनाहरू लिएर्

खुल्ला आकाशमा टोलाई रहेका आँखालाई पल्ट्ने बाजी खेलाउंदा

अनि…

मानिसको हुलभित्र पसेर आफैलाई हराउन खोज्दा

मलाई एक्लोपनको महशुस हुन थालेछ

अतितको यादमा डुबुल्की मार्दा झट्ट सम्झेछु

मेरो नेपाल तिमी बिना म शुन्य भएछु

मलाई तिम्रो छहराको आवाजले बोलाउने गर्थ्यो

खोलाको कल्कलाईले हसाउने गर्थ्यो

तर, आज…


मेरो नेपाल तिमी टाढा हुनाले

छहरा र खोलाको आवाज सुन्ने कानले

मोटर र जहाजका कानै फुटाउने आवाजहरु

र, सल्लाघारीको सुसाइको बदलामा

रेडियो र टिभीका तरंगहरु सुन्नु परेको छ

त्यसैले होला,

यिनै पटयार लाग्दा तरंगहरुले गर्दा

मेरा कान फाट्न लागी सके

अब त मलाई, किन हो कुन्नि डर लाग्न थालेको छ

मेरो नेपाल, तिम्रो सुन्दर पाखा र पखेरीको स्पर्श नपाएर

आज म एकान्त ठाउमा पनि आफुलाई हराएको पाउँछु

मानिसको हूलमा मानिसलाई नै देख्न छाडेको छु

साँच्चै, मेरो नेपाल तिमी बिना म शुन्य भएछु l

तिमी मलाई माया गर्थेउ, प्यासमा पानी दिन्थौ,

भोकमा खाना खुवाउथ्यौ

तिमीलाई आफ्नै आमा सम्झी म पनि

तिम्रै छातीमा लडिबुडी खेल्ने गर्थे

तर, आज म तिमीबाट टाढा हुँदा

प्यास र भोकमा तिमीलाई नै सम्झन पुग्दछु

मेरो नेपाल तिमी बिना म शुन्य भएछु

मलाई बिश्वास गर,

म जति टाढा भए पनि तिम्रै कोखको सन्तान हुँ

एक मुट्ठी रगत रहुन्जेलसम्म तिम्रै लागि लड्ने छु

विश्वमा तिमीलाई चिनाई छाड्ने प्रण पनि गरेको छु !!

प्रकाश ज्ञवाली

No comments:

Post a Comment