तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

गजल (तिम्रो लागी)

मनको माया तिमी तिरै सार्दा गल्ती भो की !!

तिम्रो जोवन मेरै भागमा पार्दा गल्ती भो की !!!



भाग्न खोज्थ्यौ तिमी टाढा समाउन खोज्दथे म !!

मेरै हुने गरी तिम्लाई खार्दा गल्ति भो की !!!



विना कारण आगो जस्तो हुन्छ्यौ किन मेरी काली !!

भेट्न आउँछु भनी नआई टार्दा गल्ती भो की !!!



यौवनको शिखरमा बसेकी छ्यौ घुम्टो ओडी !!

हेरुँ तिमिलाई भनी घुम्टो झार्दां गल्ती भो की !!!



म सँग मनका कुरा साट्ने छाड्यौ आजकल त !!

तिम्रा कुरा वुझ्न मनलाई फार्दा गल्ती भो की !!!

No comments:

Post a Comment